+
+

पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:००
फाइल तस्वीर

१८ साउन, काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्काउने निर्णय लिइएको हो ।

अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको उनले जानकारी दिए ।

कम्पनीका अनुसार शुक्रबार तीव्र वायु चलेका कारण जनकपुरका उडानहरू रद्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?