+
+

विद्युत महशुल बक्यौता विवाद : संसदको लेखा समितले प्राधिकरणसँग माग्यो टिओडी डाटा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:०५

१८ साउन, काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ ।

शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन भित्र आवश्यक निर्देशनको खाका तयार पार्ने छ ।

उक्त खाकामाथि पाँच दिनपछि अर्को बैठकमा छलफल गरेर निर्णय लिइने सभापति पोखरेलले जानकारी दिए ।

शुक्रबारको छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिरेका ६१ उद्योगको टिओडी डाटा रहेको बताएका थिए । यस्तो डाटा प्रत्येक महिनाको रहेको बताएका थिए ।

व्यावसायीहरुले भने आधा/आधा घण्टाको टिओडी डाटा माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?