+

नेपालको पुरुष टोली पनि काभा बिच भलिबलको फाइनलमा 

२०८१ साउन  १९ गते १२:०४ २०८१ साउन १९ गते १२:०४
नेपालको पुरुष टोली पनि काभा बिच भलिबलको फाइनलमा 

१९ साउन, काठमाडौं । नेपालको पुरुष  बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्स बी लाई २१-१०, २१-१६ को सेटमा हरायो ।

यसअघि नै नेपालको  महिला टोली पनि प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

कमला पुन र मनीषा चौधरीको नेपाली जोडीले सेमिफाइनलमा शनिवार उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाईनल पुगेको हो ।

नेपालको पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग तथा महिला टोलीले फाइनलमा उज्वेकिस्तान ए टिमसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक रुपेश विष्टले जानकारी दिए ।

फाइनल खेल पनि आजै हुनेछ ।

काभा बिच भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय