+

काभा बिच भलिबलमा नेपाली पुरुष टिम उपविजेता

२०८१ साउन  १९ गते १६:३८ २०८१ साउन १९ गते १६:३८
काभा बिच भलिबलमा नेपाली पुरुष टिम उपविजेता

१९ साउन, काठमाडौं । भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष टोलीले रजत जितेको छ ।

भुटानको राजधानी थिम्पुमा शनिबार भएको फाइनल खेलमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्स ए टिमसँग सोझो सेटमा पराजित भयो ।

माल्दिभ्स ए ले नेपाललाई २१-१९, २१-१७ ले पराजित गरेको हो ।

मान र दिलको जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत जितेको थियो ।

नेपालको महिला टोलीले भने शनिबारै उज्वेकिस्तान ए टिमलाई सोझो सेटमा हराएर उपाधि जितेको छ ।

काभा बिच भलिबल भुटान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय