+
+

६ प्रदेशका थोरै ठाउँमा आज भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते ७:१९

२० साउन, काठमाडौं ।  आज ६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशमा पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । २४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।

साथै देशका केही ठाउँमा चट्याङ्गसहित वर्षा हुने सम्भवान छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा केही ठाउँमा भारी वर्षा हुनुका साथै चट्याङको सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?