+
+

चितवनमा तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:२१

२० साउन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने भएको छ । कृषि विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा तेस्रो संस्करणको सम्मेलन गर्न लागिएको हो ।

भदौ ३१ र असोज १ गते रामपुरमा चल्ने सम्मेलनमा खाद्य, सरसफाइ, वातावरणीय स्थिरता, नवीन फोहोर व्यवस्थापनजस्ता विषयमा छलफल आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

समस्याका रुपमा रहेको फोहोरलाई ऊर्जामा परिणत के कसरी गर्न सकिन्छ ? विभिन्न देशका अभ्यासहरु के छ कस्ता छन् ? देशमा भइरहेका पहलहरु के के हुन् जस्ता विषयमा विभिन्न कार्यपत्रहरु पेश गरिने कार्यक्रममा पूर्वमन्त्री गणेश साहले जानकारी दिए । उनले व्यवस्थित र विकसित शहरमा फोहरको व्यवस्थापन, वातावरणीय सन्तुलन जस्ता विषयमा अवधारणा तयार गरिने बताए ।

फोहरको व्यवस्थापन गर्न युवाहरुलाई उद्यमशील बनाउने, आर्थिक उपार्जनसँग जोड्ने जस्ता विषयमा केन्द्रित हुने साहको भनाइ छ । कार्यक्रममा नेदरल्याण्डको ग्लोबल ग्राजुयट स्कुल (जीएसजीएस) तथा अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुको पनि सहकार्य हुनेछ ।

कार्यक्रममा खाद्य सुरक्षा, सरसफाई, वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरुको समाधान जस्ता विषयमा छलफल हुने, ज्ञानको आदानप्रदान, नवीन प्रविधिहरुको आदानप्रदान गरिने कृषि विश्वविद्यायका उपकुलपति प्रा.डा.पूण्यप्रसाद रेग्मीले बताए ।

सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरुको सत्र, नगरपालिका प्रमुखहरुले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरुका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रर्दशनी, सरकारी निकायको प्यानल जस्ता विषयहरू प्रस्तुत गरिने उपकुलपति रेग्मीले जानकारी दिए ।

पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा त्रिवि अन्तर्गत धरानमा ८० जना विद्यार्थीहरुले फोहर व्यवस्थापन, खाद्य सुरक्षा तथा सरसफाइजस्ता विषयमा स्नातक गरेकोमा ३० जना पास आउट भइसकेका छन् ।

केयूका प्रा.डा. वीमप्रसाद श्रेष्ठले विश्वविद्यालयको जनशक्तिले फोहर व्यवस्थापन गरेर उर्जामा परीणत गर्न देशका विभिन्न पालिकाहरुसँग मिलेर ३ महिने कोर्ष पढाउने कार्यक्रम पनि अगाडि बढाइएको बताए । फोहरमा आधारित उद्यमशीलताको विकासका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी हुने श्रेष्ठले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले देशका पालिकाहरुको ८० प्रतिशतभन्दा बढी फोहर डम्पिङ साइटमा जाने गरेकोमा त्यसलाई कम गराउन युवाहरुलाई प्रविधीसहितको उद्यमशीलतासहितको लैजानुपर्ने बताए ।

विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले देशभरका विश्वविद्यालयहरुका बीच शैक्षिक तथा अनुसन्धानका विषयमा एजेण्डागत रुपमा मिलेर सँगसँगै काम गर्न सके त्यसले महत्वपूर्ण उपलब्धीहरु पनि हात लाग्ने बताए ।

देशका दुई विश्वविद्यालयका बीचमा फोहर व्यवस्थापन गरेर उर्जामा कसरी बदल्न सकिन्छ र त्यसले वातावरणमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने बारेमा महत्वपूर्ण छलफल हुने कुराले खुसी मिलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?