+
+

काभा बिच भलिबलमा पदक जितेर फर्कियो नेपाली टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:४१

२० साउन, काठमाडौं । भुटानको थिम्पुमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली महिला टोली र रजत जितेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएका छन् ।

आइतबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले स्वागत गरे ।

काभा बिच भलिबलमा नेपालकी कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २-० को सेटमा हराउँदै स्वर्ण पदक जितेको थियो । त्यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको ए टिमसँग २-० को सोझो सेटमा पराजित हुँदै रजत पदक पाएको थियो ।

नेपाली टोलीका प्रशिक्षकमा रुपेश विष्टले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षणमै स्वर्ण र रजत पदक जित्दा एकदमै खुशी लागेको बताए ।
नेपालले प्रतियोगिताको दुई दिनअघि नै भुटान पुगेर तयारी गरेकाले पदक जित्न सफल भएको उनको भनाइ छ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?