+
+

बीसीए पढ्न विद्यार्थीको रोजाइ डीएभी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:५१

काठमाडौं । ललितपुरको डीएभी कलेजमा शैक्षिक सत्र २०८१/८२ का लागि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) मा भर्ना खुलिसकेको छ ।

नेपालमा बीसीए प्रोगाम सुरु भएको ८ वर्ष पुगेको छ, डीएभीले भने बीसीए कार्यक्रम सञ्चालन गरेको सात वर्ष भएको छ ।

मानविकी र सोसियल साइन्स संकायमा बीसीए उत्तीर्ण गरेका विद्यार्थीले बजारमा सजिलै काम पाउने गरेको कलेजको दाबी छ ।

डीएभीका बीसीए प्रमुख सुदीप अधिकारीका अनुसार बीसीए पढ्नका लागि कक्षा ११ र १२ मा कम्तीमा डी प्लस, सीजीपीए १‍.८ वा  सेकेन्ड डिभिजनमा कक्षा १२ पास गरेको हुनुपर्नेछ । तर, भर्नाका लागि त्रिभुवन विश्वविश्वद्यालयले लिने प्रवेश परीक्षा भने पास गर्नैपर्छ ।

अधिकारी भन्छन्, ‘यो कम्प्युटर एप्लिकेसन प्रोग्राम हो, १०० प्रतिशत आईटी कार्यक्रम हो । यसमा गणित, विज्ञान विषय पनि पढाइ चाहिँ हुन्छ तर त्यो सबै प्राक्टिकल हुन्छ । आईटीमा जति पनि चलेका भाषा, प्राविधिक कोडहरू हुन्छन्, त्यो पढाइ हुन्छ अरू चाहिँ गणित, विज्ञानको १०० प्रतिशत प्राक्टिकल हो ।’

अधिकारीका अनुसार बीसीए  टियूको आठौं ब्याच हो तर निजी क्षेत्रको चाहिँ सातौं ब्याच हो  ।

‘हामीले छैठौं ब्याचलाई पढाइसकेका छौं, पहिलो ब्याचले बजारमा काम सुरु गरिसकेका छन् । अहिले सीएसआईटी, बीआईटीको तुलनामा बीसीएको विद्यार्थीको माग धेरै छ,’ उनी भन्छन् ।

अधिकारीका अनुसार बीसीएमा पढ्दा नै प्रोजेक्टहरू गर्नुपर्छ, पाँचौं र आठौं सेमेस्टरमा प्रोजेक्ट हुन्छ । ‘यो चाहिँ धेरै व्यावहारिक हुने भएर धेरै विद्यार्थीहरू आईटीको अरू विषय छोडेर पनि बीसीए नै रोज्नेहरू छन्,’ विद्यार्थीको आकर्षणबारे उनी भन्छ्न ।

डीएभीको पढाइ कसरी राम्रो ?

अधिकारीका अनुसार  अहिले अधिकांश क्षेत्रमा आईटी जनशक्तिको माग धेरै छ ।

‘पाठ्यक्रम त सबैले पढाउनै पर्‍यो । त्यो सँगसँगै हामीले विद्यार्थीलाई प्रोजेक्ट गराउँदा नाम चलेको आईटी उद्योगका प्रोजेक्ट म्यानेजरमार्फत गराउँछौं । जसले गर्दा भोलि अध्ययन सकेर निस्कँदा उनीहरूले बजारमा सहजै रोजगारी पाउँछन्,’ अधिकारी भन्छन् ।

विद्यार्थीमा टप स्किल हुने हुँदा बोल्ने कलाका साथै कभर लेटर कसरी लेख्ने जस्ता कार्यमा पनि पोख्त हुने उनको दाबी छ ।

कलेजमा विद्यार्थी भर्ना हुने बित्तिकै उनीहरूलाई विज्ञ मार्फत् क्लास लिन लगाउने उनले बताए ।

विद्यार्थीलाई पाठ्यक्रम पढाउनुभन्दा अगाडि नै कुन-कुन विषयमा धेरै फोकस हुने, कसरी पढ्ने, यो विषय अध्ययन गरेर करियरलाई कसरी अगाडि बढाउने भन्ने लगायत विषयमा विद्यार्थीलाई काउन्सिलिङ गरिने उनले बताए ।

डीएभीका बीसीए हेड समेत रहेका अधिकारीका अनुसार मानविकी र सामाजिक विज्ञान संकायलाई टेक्नोसोसल इन्गेजमेन्ट पनि भन्न मिल्छ ।

‘यस्तो विषय अध्ययन गराउँदा विद्यार्थीलाई अलि दुर्गम गाउँमा विज्ञ सहित लगेर त्यहाँको समुदायमा सूचना प्रविधिको प्रभावबारे छलफल गराउँछौं । ह्याकाथुन, सेमिनार, कार्यशाला, योगा, मेडिटेसन लगायत  सिकाउँछौं । यसलाई कसरी बुझ्न सकिन्छ भने प्राविधिक रूपमा मात्रै नभई आफूले जानेको सिपबारे बजारमा कसरी बिकाउने भन्ने कला पनि सिकाउँछौं,’ उनले भने ।

बीसीए पढिसकेपछि डाटा तथ्यांकमा काम गर्ने विभिन्न क्षेत्रका विज्ञ, मोबाइल  एप्लिकेसन, कम्प्युटर नेटवर्क आर्किटेक, मेसिन लर्निङ  इन्जिनियर, नेटवर्क एडमिनिस्ट्रेटर लगायत बन्न सकिने स्कोप रहेको उनले बताए ।

अधिकारीका अनुसार बीसीएको अहिले बजारमा एकदमै  माग छ । ‘अहिले स्थानीय तहहरूमा पनि सूचना प्रविधि सम्बन्धी जनशक्तिको आवश्यकता धेरै छ । त्यसकारण नेपालमा ठूला कम्पनी र सरकारी जागिर खान पनि बीसीए महत्त्वपूर्ण हुने भएकोले माग बढिरहेको छ । जति पनि आईटी सम्बन्धी काम हुन्छ, त्यसका लागि बीसीए उपयुक्त हुन्छ,’ उनले भने ।

डीएभी नै किन ?

अधिकारीका अनुसार डीएभीमा  राम्रो  भौतिक पूर्वाधार, कटिङ रिसर्च टेक्नोलोजि छ ।

‘हामीसँग विज्ञहरू पनि त्यही अनुसारका छन् । हाम्रो आईटीमा इन्टरनेसनल सर्टिफिकेट कोर्सहरू पनि हुन्छ । आईटी उद्योगमा भएको प्रोफसेनलसँग उनीहरूको रेगुलर भेटघाट र अन्तरक्रिया हुने गर्दछ ।आईटी उद्योगमा कसरी काम भइरहेको छ भन्ने विद्यार्थीलाई ज्ञान हुन्छ । आईटी उद्योगमा गएर इन्टरसिप दिने काम पनि डीएभीले गर्छ,’ उनले भने ।

पाँचौं सेमेस्टरपछि विद्यार्थीले नै काम गर्न सक्ने बन्ने भन्दै उनले  मार्केटको डिमान्डमा विद्यार्थीलाई उपलबध गराउन सक्ने बताए ।

डीएभीले विद्यार्थीलाई पढाउने मात्रै होइन कि मार्केटले मागे अनुसारको जनशक्ति तयार गर्ने अधिकारी बताउँछन् ।

अतिरिक्त ज्ञान पनि ?

‘हामी विद्यार्थीका बानी, व्यवहार सामाजिक ज्ञानको कुरा पनि सिकाउँछौं । प्रत्येक सेमेस्टरमा एउटा वर्कसप हुन्छ, कलेजमा अतिरिक्त क्रियाकलाप  पनि हुन्छ । जसले विद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास  तथा  टिम वर्कको विकास गराउँछ । डीएभीबाट विद्यार्थी निस्किँदा प्राविधिक रूपमा दक्ष त हुन्छ नै उसले अतिरिक्त ज्ञान पनि लिएर निस्कन्छ,’ कलेजको दाबी छ ।

अहिले डीएभीसँग फ्याकेल्टी मेम्बरहरू नै ३५/४० जना छन् ।  कलेजका अनुसार इन्जिनियरिङ ब्याकग्राउन्ड, डेभलपर, आईटी विज्ञहरू पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?