+

बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

२०८१ साउन  २० गते १५:५० २०८१ साउन २० गते १५:५०
बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा अति आवश्यक हुन्छ ।  तर अहिलेका बालबालिका रातमा अबेरसम्म मोबाइल, ल्यापटपमा अभ्यस्त छन् ।

एक त आमाबाबु आफैं ढिला सुत्छन् । अर्को भनेको बच्चाले डिस्टर्ब नगरुन् भनेर उनीहरूलाई पनि मोबाइल वा टिभी हेर्न दिन्छन् ।

बालबालिकालाई त्यसपछि के चाहियो । उनीहरू धीत मरुन्जेल सामाजिक सञ्जालमा चौबीसै घण्टा आइराख्ने सामग्री, गेमहरू हेरेर अबेर सुत्ने र ढिला उठ्ने बानी विकास भइरहेको हुनसक्छ । जसको प्रभाव उनीहरूको दैनिकीमा परिरहेको छ ।

हेर्दा सामान्य लाग्छ, तर राति अबेर सुत्ने बानीले बच्चामा मोटोपन, एकाग्रतामा कमी, आलस्यता बढाउँदै गएको देखिन्छ ।

अबेर सुत्ने बानी कदापि राम्रो हुन सक्दैन । यो बानी हटाउन बच्चालाई सानैदेखि सुत्ने र उठ्ने निश्चित तालिका अभिभावकले बनाइदिनुपर्छ ।

के गर्ने त ?

बेलुकाको खाना छिटो खानुपर्छ

बच्चालाई समयमै सुताउन बेलुकाको खाना सूर्यास्त हुने बित्तिकै खुवाउनुपर्छ । यसले खाना छिटो पच्न पनि मद्दत गर्छ । बेलुकाको खाना र बालबालिकाको सुत्ने समयबी कम्तीमा २ देखि ३ घण्टाको अन्तर हुनुपर्छ । यसो गर्दा एसिड रिफ्लक्स र अन्य पाचन समस्याबाट बच्न सकिन्छ ।

खानपानमा ध्यान दिने

बच्चाको निद्रा र खाने बानीबीच गहिरो सम्बन्ध हुन्छ । बच्चाले बेलुकाको खानामा जे खान्छ त्यसले उसको निद्रामा असर गर्छ । त्यसैले बच्चालाई सुत्ने समयमा मिठाई, चकलेट, जुस, कफी लगायत टाढा राख्नुपर्छ ।

किनभने गुलियो तथा क्याफिनयुक्त पेयले उनीहरूलाई ऊर्जा दिन्छ, जसकारण तिनीहरू सक्रिय हुन्छन् र चाहेर पनि सुत्न सक्दैनन् । त्यसैले बच्चाको बेलुकाको खानालाई सधैं हल्का बनाउनुपर्छ । यसले उनीहरूमा  आरामको अनुभूति गराउनेछ र सजिलै निदाउन सक्छ ।

स्क्रिन समयमा ध्यान दिनुहोस्

सामान्यतया बालबालिकाले आफ्ना आमाबाबुसँग लामो समय टिभी वा मोबाइल हेर्छन् । स्क्रिनबाट नीलो प्रकाशले बालबालिका र वयस्कहरूको निद्रामा बाधा पुर्‍याउँछ । त्यसैले बच्चालाई सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि स्क्रिनबाट टाढा राख्नुपर्छ ।

चिनी र क्याफिन कम गर्ने

बालबालिकालाई चिनी र क्याफिनबाट टाढै राख्नुपर्ने भएपनि अधिकांश बालबालिकाले सुत्नुअघि दूध पिउने गर्छन् । जसमा कफी वा चकलेटको पाउडर पनि मिसाइन्छ ।

तर चिनी र क्याफिन दुवै निद्राका शत्रु हुन् । त्यसैले बच्चालाई सुत्नुअघि दूध नदिनुहोस् । बच्चाहरूलाई दूध खुवाउने सबैभन्दा राम्रो समय साँझ ४ देखि ६ बजेसम्म हो ।

सुत्ने समयको तालिका बनाउनुहोस्

सुत्नु भन्दा कम्तीमा ३० मिनेट पहिले बच्चालाई किताबहरू पढाउन लगाउने, कथाहरू सुनाउने गर्ने हो भने उनीहरूमा छिटो सुत्ने बानी पर्छ । यसबाट उनीहरू मानसिक र शारीरिक रूपमा सुत्न तयार हुन्छन् । तर यो समयमा बच्चालाई सुत्नुअघि खेल्ने वा ठट्टा गर्ने जस्ता गतिविधि गर्नु हुँदैन । यसले बच्चाको दिमाग सक्रिय रहन्छ र उनीहरू निदाउन चाहँदैनन् ।

निद्रा लाग्ने वातावरण

सफा, स्वच्छ र शान्त वातावरण राम्रो निद्राका लागि धेरै महत्त्वपूर्ण छ । बच्चाका निद्रामा कुनै प्रकारको गडबडी नहोस् भन्ने हिसाबले उनीहरूको कोठा तयार गर्नुपर्छ । त्यसका लागि उनीहरूको कोठा सफा हुनुपर्छ । सिरानी, डस्ना सफा र सहज हुनुपर्छ । उनीहरू सुत्ने कोठामा बाहिरको होहल्ला आउनु हुँदैन । बत्ती मधुरो राख्नुपर्छ । बच्चाहरुमा रातिको लागि हल्का पहिरन लगाइदिनुपर्छ ।

एजेन्सीको सहयोगमा

बालबच्चा सुत्ने बानी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?