+
+

प्रधानमन्त्रीको निर्देशन : दुई लेनभन्दा साना सडक नबनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १९:११

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन् ।

सडक विभागले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए । रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न भनेका हुन् ।

‘नयाँ बाटाहरु थाल्ने काम नगरौं’ सडक विभागले देखाएको हालका सडक आयोजनाको सूची देखाउँदै प्रधानमन्त्रीले भने, ‘अहिले चालु रहेका आयोजनाहरु सकौं, छिटो सकौं । जे निर्माण गर्छौ स्तरीय गरौं ।’

उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन् । ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ’, उनले भने, ‘जसो तसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?