+
+

आपतकालीन कोष बनाउनु पर्नेमा संगीतकर्मी एकमत

गुरूदेवप्रति शास्त्रीय संगीत समाजद्वारा श्रद्धाञ्जली व्‍यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १९:५१

२० साउन, काठमाडौं । शास्त्रीय संगीत क्षेत्रका कलाकारहरूले आउने दिनमा आपत्तकालीन कोष बनाउनु पर्ने बताएका छन् । आइतबार शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधनमा नेपाल शास्त्रीय संगीत समाजद्वारा आयोजित श्रद्धाञ्जली सभापछि उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल शास्त्रीय संगीत समाजकी अध्यक्षसमेत रहेकी गायिका संगीता राना प्रधानले कलाकारका लागि आपत्तकालीन कोष खडा गर्नुपर्ने प्रस्ताव राखिन् । उनले भनिन्, ‘गुरूदेव कामतको जुन नियति भोग्नुपर्‍यो। अब कुनै पनि कलाकारले यस्तो नियति भोग्नु नपरोस भनेर आपत्तकालीन कोष खडा गरौ भनेर म प्रस्ताव गर्न चाहन्छु।’  आफ्नो लागि अब कलाकारले आफै जुट्नु पर्ने बेला आएको उनको भनाइ थियो।

वरिष्ठ सितारवादक डा.ध्रुवेशचन्द्र रेग्मीले गुरूदेवको निधनप्रति दु:ख व्‍यक्त गर्दै संगीतकर्मीहरू आफ्नो लागि आफै जुगाड गर्नु पर्ने बताए । साथै उनले गुरूदेवको व्यक्तित्वबारे चर्चा गरेका थिए ।

उनले भने, ‘ गुरूदेव कामतसँग संगत मैले नि गर्न पाएको थिएँ। उहाँ शालिन, मिजासिलो र सन्तुलित ज्ञान भएको  व्यक्तित्व हुनुहुन्थ्यो। तर उपचार अभावमा ज्यान गुमाउनु पर्‍यो यो निक्कै दु:खदायी पीडा हो। अब हामी हाम्रो लागि आफै जुगाड गर्नु पर्ने बेला भयो।  ‘

यस्तै कार्यक्रममा ललतिकाला क्याम्पसका क्याम्पस प्रमुख डा. रमेश चन्द्र पोखरेलले कलाकारहरू राष्ट्रको धरोहर भएकाले राष्ट्रले नै जोगाउन पहल गर्नु पर्ने बताए । ‘कलाकार राष्ट्रको धरोहर हो। तर, अहिलेसम्म किन हेरिएको छैन।अब कलाकारलाई जोगाउनु पर्ने आवश्यकता छ।’

यलमाया केन्द्रका अध्यक्ष जीवन आलेले गुरूदेवको निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति भएको बताए । उनले शास्त्रीय संगीत क्षेत्रका श्रष्ठाहरूको जीवन बीमा अनिवार्य भइसकेको बताउँदै तत्काल सरकारले यसमा पहल गर्नु पर्ने जिकिर गरे। ‘गुरूदेव कामतको जुन हालतले बित्नुभयो, त्यो कला क्षेत्रका लागि लाजमर्दो कुरा हो। अब कलाकारहरूको जीवनको सुरक्षाबारे सरकारले तत्काल पहल गर्नुपर्दछ।’उनले भने।

यस्तै संगीतलाई साधन मात्र सम्झिने प्रवृति र राजनीतिलाई टाढै राखेर कलाकारको हकहितमा काम गर्नुपर्ने र आवाज उठाउनुपर्ने जरूरी रहेको रत्नराज्‍य लक्ष्मी क्याम्पसका शकुन्तला प्रधानको भनाइ थियो। उनले भनिन्, ‘ आगामी दिनमा कलाकारले आर्थिक अभावमा बाँच्नु नपरोस् भनेर आफैं जाग्ने बेला आयो अब।’

साउन १७ गते शास्त्रीय संगीतका धरोहर गुरूदेव कामतको निधन सिराहस्थित घरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?