+

काभा वुमन्स नेसन्स लिग : लिग चरणको अन्तिम दुई खेल आज

२०८१ साउन  २१ गते ९:१९ २०८१ साउन २१ गते ९:१९
काभा वुमन्स नेसन्स लिग : लिग चरणको अन्तिम दुई खेल आज

२१ साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग अन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलंकासँग खेल्नेछ ।

आज हुने दुवै खेलको समय परिवर्तन भएको छ । नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

आजको खेलपछि लिगचरणका खेलहरु सकिनेछन् र सेमिफाइनल समीकरण तय हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा इरान, भारत, नेपाल र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । माल्दिभ्स भने एक खेलअघि नै अन्तिम हुने निश्चित भएपछि लिगबाटै बाहिरिएको छ ।

लिगको चारै खेल खेलिसकको इरान ३ जित र १ हारबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । तीन खेल खेलेको भारतले २ जित र १ हारबाट ७ अंक नै जोडेको छ र दोस्रो स्थानमा छ । २ जित र १ हारबाट ६ अंक जोडेको घरेलु टोली नेपाल तेस्रो स्थानमा छ । श्रीलंका ४ अंकसहित चौथो स्थानमा छ ।

आजको खेलमा नेपाल र भारत दुवै विजयी भए भारत लिगमा शीर्ष स्थानमा पुग्नेछ भने नेपाल दोस्रो हुनेछ । यस्तोमा नेपालले सेमिफाइनलमा इरानसँगै खेल्नुपर्नेछ । यदि नेपालले माल्दिभ्सलाई हराउने र भारत श्रीलंकासँग सोझो सेटमा पराजित भएमा भने नेपाल शीर्ष स्थानमा पुग्नेछ ।

काभा वुमन्स नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय