+
+

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:२१

२१ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०.१ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब ६९ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नुले नाफामा असर पारेको देखिन्छ । गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड छ । अघिल्लो पटक यस्तो आम्दानी १७ अर्ब १० करोड थियो । त्यस्तै लोन लस प्रोभिजनवापत ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ ।

नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि खस्किएको छ । पहिले १८ रुपैयाँ ७१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १६ रुपैयाँ ६५ पैसामा झरेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा छ ।

बैंकले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) कुल कर्जामा ४.३७ प्रतिशत छ । यस्तो कर्जा पहिले ३.१५ प्रतिशत मात्रै थियो । बैंकको आधार दर ८.०९ प्रतिशत छ । सीडी रेसियो ७५.८७ प्रतिशतमा झरेको छ । निक्षेपका आधारमा बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको देखिन्छ ।

बैंकको मुख्य बिजनेस (ऋण विस्तार) एक वर्षको अवधिमा ४.२ प्रतिशत बढेको छ । सोही अवधिमा निक्षेप संकलन भने १४ प्रतिशत बढेको छ । बैंकले कुल ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब कर्जा विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?