+
+

प्राइम कमर्सियल बैंकको नाफा ३.६ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:३१

२१ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा ३.६ गुणाले बढेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ७७ करोड रुपैयाँ छ ।
अघिल्लो पटक सोही अवधिमा यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानीसँगै अरु आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

बैंकको ब्याज आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो पटक ७ अर्ब १४ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब छ । त्यस्तै गत आवमा लोनलस प्रोभिजन १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ६ रुपैयाँ १८ पैसा हो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा कुल कर्जा ४.६७ प्रतिशत छ, अघिल्लो पटक यस्तो कर्जा ४.८५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ८६.२० प्रतिशत छ ।

बैंकको मुख्य बिजनेस मानिने कर्जा प्रवाह १८.५८ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै बैंकको आधार दर ८. ४९ प्रतिशत छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष (रिजर्भ)मा ११ अर्ब ५२ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?