+
+

एनएमबी बैंकको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:४६

२१ साउन, काठमाडौं । फि तथा कमिसन आम्दानीमा समान्य वृद्धि भएपनि खुद ब्याज आम्दानीसँगै सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा एनएमबी बैंकको नाफा घटेको छ ।

नाफा घट्दा बैंकको वितरणयोगय मुनाफा पनि घटेको गत गत आर्थिक वर्षमा सरकारले एफपीओको प्रिमियमबाट वितरण गरेको लाभांशलाई आय मानी कर असुल गर्दा उक्त कर भुक्तानीले गर्दा बैंकले लाभांश दिने अवस्था भने छैन ।

बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार २ अर्ब ३४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३३ प्रतिशतले घटेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब २२ करोड मुनाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको निक्षेप र कर्जाको भारित औसत अन्तर (स्प्रेड दर) घटाएको कारण बैंकको कर्जा सामान्य बढेपनि खुद ब्याज आम्दानी घटे घटेको छ ।

यस्तै निक्षेपको तुलनामा कर्जा विस्तार न्युन हुँदा बैंकसँग तरल सम्पत्ती बसेर त्यसले समेत बैंकको लागत बढाएको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप ६.४९ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ९४ करोड पुग्दा कर्जा २.८० प्रतिशतले मात्रै बढेर १ खर्ब ९४ अर्ब ३४ करोड पुगेको छ ।

यस्तै सोही अवधिमा खुद ब्याज आम्दानी भने १०.०७ प्रतिशतले घटेर ७ अर्ब ५० करोडमा झरेको छ । फि तथा कमीसन आम्दानी ७.७४ प्रतिशतले वृद्धि हुँदा बैंकको कुल सञ्चालन आम्दानी ६.२९ प्रतिशतले घटेर ९ अर्ब ६८ करोड पुगेको हो ।

बैंकको आम्दानी घट्दा बै.कले कर्मचारी खर्च केही व्यवस्थापन गरेपनि सञ्चालन खर्च बढेको छ ।

यस्तै कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन ३२.४१ प्रतिशतले बढेर १ अर्ब ९२ करोड पुगेको छ । जसले गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले घटेर ३ अर्ब ५१ करोडमा सिमित भएको छ ।

२०८० असारमा २.७७ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा २०८१ असारमा बढेर ३.२७ प्रतिश पुगेको छ । जसले कर्जा नोक्सानी व्यवसथाको रकम बढेको हो ।

यता बैंकको गैर बैंकिङ सम्पत्तीको लागि रेगुलेटरी रिजर्भमो छुट्याएको रकम भने घटेको छ । नाफा घट्दा घट्न बाँकी ब्याज सहित र रेगुलेटरी रिजर्भ घट्दा समेत बैंको वितरणयोग्य नाफा घटेको छ ।

बैंकको उठ्न नसकेको ब्यनजद ४९ करोड ५० लाख र गैर बैंकिङ सम्पत्तीको रेगुलेटरी एड्जस्टमेन्ट ९ करोड ६८ लाख छ ।

गत आवमा बैंकको वितरणयोग्य मुनाफा ९४ करा्ड भएपनि गत गत वर्ष एफपीकोको प्रिमियबाट बाँडेको लाभांशको कर तिर्दा २३ करोड ८९० लाख मात्रै सञ्चित नाफा छ । जसबाट बैंकले १.३० प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता राख्छ ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख छ । यस्तै जडेडाकोषमा १० अर्ब ४६ करोड र बैंकको सञ्चित मुनाफा समेत २३ करोड ९० लाख छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाा ५५ पैसाबाट घटेर १२ रुपैयाँ ७२ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात १७.१४ गुणा छ ।

असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १२.८२ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर गत त्रैैमासको औसत ८.४२ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्षको सोही त्रैमासमा १०.३७ प्रतिशत थियो । स्प्रेड दर ३.९९ प्रतिशत र सीडी रेसियो ८३.९१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?