+
+

सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १०:२६

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका छन् ।

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीको नाम टुंगो लगाउन छलफल जारी छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच ३/३ मन्त्रालय लिने समझदारी भएपनि कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ ।

१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?