+
+

चिलिमे हाइड्रोपावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १० पैसा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १०:२५

२१ साउन, काठमाडौं । चिलिमे हाइड्रोपावरको नाफा सामान्य खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ६५ करोड २९ लाख रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ६४ करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्री आम्दानी उस्तै छ । अघिल्लो आर्थिक वर्षमा विद्युत् बिक्री आम्दानी १ अर्ब १२ करोड रहेकोमा गत आर्थिक वर्ष पनि त्यति नै छ ।

कम्पनीको सञ्चालन खर्च केही बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १० पैसा छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२५ रुपैयाँ छ ।

यो कम्पनी १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको मुख्य प्रवद्र्धक पनि हो । सो आयोजना निर्माण कार्य सम्पन्न भइसकेको तर प्राधिकरणले ट्रान्समिसन लाइन सम्पन्न नगरेकाले परीक्षण उत्पादनको पर्खाइमा रहेको कम्पनीले जनाएको छ ।

चिलिमेकै प्रवद्र्धनमा बनेको मध्यभोटेकोशी आयोजनामा पनि प्रसारणलाइनको काम बाँकी रहेकाले परीक्षण उत्पादन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?