+
+

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ११:५६
मुख्यमन्त्री कमलबहादुर शाह ।

२१ साउन, धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम लगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिनेछ ।

एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ ।

दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ ।

सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ ।

एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?