+
+

२०८३ भित्र द्रुतमार्ग निर्माणको काम सक्छौं : प्रधानसेनापति शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १२:३७

२१ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् ।

आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’

मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए । सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए । ‘हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश पनि हो,’ उनले भने ।

ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै उनले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताए । यो क्षेत्रबाहेक अन्यमा जग्गा व्यवस्थापनको काम सकिइसकेको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?