+
+

बंगलादेशमा प्रधानमन्त्री निवास प्रवेश गरे आन्दोलनकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १५:२६

२२ साउन, काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।

तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो ।

आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?