+
+

सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : महत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १६:२९

२१ साउन, काठमाडौं ।  पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै महतले भने ‘सेयर बजारमा जसरी बुलिस ट्रेन्ड देखिएको छ, त्यसलाई सहज रुपमा लिन सक्ने अवस्था अवश्य छैन, त्यहाँ केही चहलखेलकर्ताले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको छ ।’

कतिपय संस्थाको भाउ अस्वभाविक रुपमा बढेको भन्दै उनले नियामक र सरकारको ध्यानाकर्षण गराएका छन् । कतिपय संस्थाको नाफा तथा बिजनेस विस्तारविना नै बजार मूल्य डबर ट्रिपल समेत भएको भन्दै उनले यसप्रति सरकारको ध्यान जानुपर्ने बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेदेखि नै जनमानसमा विश्वास र भरोसा बढेको उनले बताए । ‘केही व्यक्तिले कम्पनीको सूचनामा पहुँच राखेर त्यसको दुरुपयोग गर्ने र आम लगानीकर्ताले त्यसमा फाइदा हुन्छ भनेर लगानी गर्ने र आम लगानीकर्ता फस्ने परिस्थिति हुन सक्छ’ महतले भने ‘त्यसैले सेयर बजारमा अस्वभाविक मूल्य बढेका कम्पनीमा हामीले गम्भीर रुपमा हेर्नु जरुरी छ ।’

मौद्रिक नीति कहिले चाहिनेभन्दा लचक, कहिले चाहिनेभन्दा कसिलो आउने गरेकाले पनि समस्या आएको महतको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिबाट बैंकरेट र पोलिसी रेट घटाएर मात्रै त्यसले ब्याजदरमा प्रभाव नपर्ने महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?