+

काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने

२०८१ साउन  २१ गते १६:३२ २०८१ साउन २१ गते १६:३२
काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने

२१ साउन,काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।

पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।

दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो ।

दोस्रो सेटमा भने नेपाललाई ५–५ को बराबरीसम्म टक्कर दिएको थियो । दोस्रो सेटमा १३ बराबरीसम्म पुर्‍याएको थियो ।

१५–१३ को अवस्थामा नेपाललाई पछि छोड्यो । नेपालले त्यसपछि २ जना पहिलो रोजाइका खेलाडीलाई कोर्टमा ल्यायो । निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठ मैदानमा आएपछि नेपालले माल्दिभ्सलाई १८–१८ मा आएर बल्ल भेटायो । त्यसपछि भने लगातार अग्रता बनाउँदै जित हात पार्‍यो ।

तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

काभा वुमन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय