+

एएफसी च्यालेन्ज लिग प्लेअफमा पारो एफसीसँग खेल्ने चर्च ब्वाइजको टोली घोषणा

२०८१ साउन  २१ गते १७:०५ २०८१ साउन २१ गते १७:०५
एएफसी च्यालेन्ज लिग प्लेअफमा पारो एफसीसँग खेल्ने चर्च ब्वाइजको टोली घोषणा

२१ साउन, काठमाडौं । घरेलु मैदानमा हुने एएफसी च्यालेन्ज लिग प्लेअफ खेलका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइजले बलियो टोली घोषणा गरेको छ ।

अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले फरवार्ड अन्जन विष्ट सहित राष्ट्रिय टिमका अधिकांश खेलाडी समेटेर टिम घोषणा गरेको हो ।

क्लबले सामाजिक सञ्जालमार्फत २३ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको हो ।

चर्च ब्वाइजले यही साउन २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ ।

पारोले पनि जापानी राष्ट्रिय टिमबाट विश्वकप खेलिसकेका केसुके होण्डा लगायत विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजको टोली  

गोलकिपर : दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी

डिफेन्डर : छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ

मिडफिल्डर : एरिक विष्ट, पिटर बन्द, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झार्ग मगर

फरवार्ड : अन्जन विष्ट, मोसेस ट्वम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य

मुख्य प्रशिक्षक : बालगोपाल महर्जन

सहायक प्रशिक्षक : रमेश दंगाल

एएफसी च्यालेन्ज लिग चर्च ब्वाइज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय