+
+

पेरिस ओलम्पिक : पुरुष फुटबलमा स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते ७:२२

२२ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् । सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोद्यी फाइनलमा पुगेका हुन् ।

स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २-१ को पुनरागमन जित निकाल्यो ।

खेलको ३७औं मिनेटमा साउफिएन राहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर पर्मिन लोपेजले उत्कृष्ट प्रदर्शनमा स्पेनले दोस्रो हाफमा दुई गोल फर्कायो । फर्मिनले ६६औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । त्यसपछि पर्मिनकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुवानलु सान्चेजले ८५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा स्पेन २-१ ले विजयी भयो ।

अर्को सेमिफाइनलमा आयोजक फ्रान्सले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई अतिरिक्त समयमा ३-१ हरायो । निर्धारित समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलमा इजिप्टले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । ६२औं मिनेटमा महमउद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । तर ८३औं मिनेटमा जिन फिलिप माटेटाले माइकल ओलिसको पासमा फ्रान्सका लागि बराबरी गोल गरे ।

निर्धारित ९० मिनेट बराबरी भएपछि खेलमा ३० मिनेटमा अतिरिक्त समयमा थप गरियो ।

अतिरिक्त समयमको दोस्रो मिने६मै इजिप्टका ओमार फायद रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इजिप्ट दश खेलाडीमा समेटियो । ट्ट्यसको फाइदा फ्रान्सले उठायो । फ्रान्सका लागि माटेटाले ९९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २-१ को अग्रता दिलाए ।

माइकल ओलिसले १०८औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे ।

पुरुष फुटबलको स्वर्णका लागि अगष्ट ९ मा फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?