+
+

कोशीमा प्रदेश-१ कै ब्यानरमा माओवादी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते ११:४५

२२ साउन, विराटनगर । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बोलाइएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिको बैठक सुरु भएको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौं पूर्ण बैठक सुरु भएको हो ।

बैठकको ब्यानरमा भने प्रदेशको नाम लेखिएको छैन । आफैंले पारित गरेको नामप्रति असहमति जनाउँदै आएको माओवादी केन्द्रले बैठकको ब्यानरमा ‘प्रदेश-१’ नै लेखेको छ ।

१७ फागुन २०७९ मा प्रदेश १ को नाम कोशी राख्दा माओवादी केन्द्रले पक्षमा मतदान गरेको थियो । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेपछि माओवादी केन्द्रले पार्टीका गतिविधमा प्रदेशको नाम लेखेको छैन ।

विराटनगरको होटल स्वागतमा सुरु बैठकमा प्रदेश समिति सदस्य तथा केन्द्रीय नेताहरुको उपस्थिति छ ।

बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नेछन् । बैठकमा सबै जिल्लाका संयोजकबाट रिपोर्टिङ पछि थप छलफल हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?