+
+

परिसंघ अध्यक्ष अग्रवाललाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १३:२१

२२ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग–व्यवसायमा संलग्न थिए ।

सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय अग्रवालको अगुवाइमा आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवाल दुई पटक संविधानसभा सदस्य थिए ।

गौशाला लगायत अन्य मठमन्दिर निर्माणमा योगदान गरेका अग्रवालका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

अग्रवालको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?