+
+

सरकारी कार्यालयमै डुबान हुँदा सेवाग्राहीलाई सास्ती

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ साउन २२ गते १३:३७

२२ साउन, काठमाडौं। काठमाडौंमा भएको वर्षाले लैनचौरस्थित केशरमहल क्षेत्र डुबानमा परेको छ। केशरमहलस्थित नीति अनुसन्धान प्रतिष्ठान लगायतका (राहदानी विभागको पुरानो कार्यालय) कार्यालय अगाडिको भाग जलमग्न छ ।

नारायणहिटीमा राष्ट्रिय परिचय पत्र तथा पञ्‍जीकरण विभाग,  नेपाल पञ्‍चाङ्ग निर्णायक समितिको कार्यालय,  नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरी नारायणहिटी सुरक्षा गुल्म कार्यालय रहेका छन् ।

पानीले निकास नपाउँदा सेवाग्राहीहरु, ड्युटीमा खटिएका प्रहरी र कर्मचारीहरुसमेत समस्यामा परेका छन् । सेवाग्राहीहरु हातमा जुत्ता बोकेर आउ–जाउ गर्न बाध्य छन् । कतिपयले आफन्तलाई बोकेकोसमेत देखिएको छ । 

सोमबार अपराह्नदेखि काठमाडौंमा पानी पर्न सुरु गरेको थियो । मंगलबार मध्याह्नसम्म पानी परिरहेको थियो । अहिले भने पानी पर्न रोकिएको छ । तर होचा भूभागमा जमेको पानीले निकास पाएको छैन ।

वर्षाका कारण माइतीघर, रामशाहपथ, पुतलीसडक, लैनचौर, सोल्टीमोड, स्वयम्भु लगायतका स्थान र बागमती नदी कोरिडोर क्षेत्रमा पानी जम्दा सवारी आवागमन समेत प्रभावित भएको थियो ।

हेर्नुहोस तस्वीरहरू :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?