+
+

स्काउटलाई सबै नगरपालिकामा पुर्‍याउनुपर्छ : मन्त्री चौधरी

नयाँ ऐन बनाउन पहल गर्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १३:५७

२२ साउन, काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’

उनले देश संघीय संघरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए । ‘स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ‘७५३ वटै स्थानीय तह र सबै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’ उनले भने ।

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्‍यक्त गरे । उनले भने, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ।’

स्काउटले प्राकृतिक प्रोकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्‍दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए । ‘स्काउट अहिले ७ दशमा पार
गरिसकेको छ। चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ,’ उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’

उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?