+
+

बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १५:०८

२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले मंगलबार पनि ललितपुर महानगरपालिका-१ को आधारभूत स्वास्थ्य केन्द्र डुबानमा परेको छ ।

केन्द्रको परिसरमा घुँडा घुँडासम्म पानी जमेको छ । यो भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र छ भने माथिल्लो तलामा वडा कार्यालय छ ।

केन्द्रका इन्चार्ज मधुकरमणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन ।

‘अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गर्छौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ ।’

भित्र गएर नहेरका कारण अहिले नै कति क्षति भयो भन्ने यकिन नभएको उनले बताए ।

ललितपुर-१ की ६५ वर्षीया एक वृद्धा टाउको दुखेपछि मंगलबार आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण गर्न आएकी छन् । केन्द्र आफैं डुवानमा परेकाले सेवा दिन सक्ने अवस्था छैन ।

‘७ दिन अगाडि पनि पानीले स्वास्थ्यचौकी डुबाएको थियो । आज पनि उस्तै रहेछ’, उनले भनिन्, ‘आज अब स्वास्थ्य चौकी खुल्दैन । स्वास्थ्यकर्मी पनि आउँदैनन् ।’

उच्च रक्तचापको समस्या रहेकी उनी अब निजी अस्पतालमा भए पनि जाँच्नुपर्ला भन्दै हिँडिन् ।

केन्द्रका इन्चार्ज आचार्यका अनुसार साउन १६ गते आएको बाढीले भिडियो एक्सरे, इसीजी मेसिन, ल्याब रिएजेन्ट, औषधि लगायत क्षति पुर्‍याएको थियो ।

‘भिडियो एक्सरे मेसिन प्रिन्टरमा पानी पेसेको थियो । आज बनाउने योजना थियो । तर आज नै पानीका कारण केन्द्र नै बन्द गर्नुपर्‍यो’, आचार्यले भने ।

यो स्वास्थ्य केन्द्रले खोप सेवा, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच र आधारभूत स्वास्थ्य जाँच सेवा दिँदै आएको छ ।

स्थानीय तहमा पाउनुपर्ने सुविधाहरुमा पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङ, औषधि वितरण पनि केन्द्रले गर्दै आएको छ । बेला बेलामा केन्द्रमा विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिने गरेको पनि केन्द्रका कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?