+
+

चन्द्रमाको एक क्रेटरको खगोलीय संघले राख्यो ‘ल्हामू’ नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १५:५४

२२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) को ग्रह प्रणाली नामकरण समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम दिएको छ ।

सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न उक्त नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ ।

पासाङ ल्हामूको उपलब्धिलाई संस्थागत गर्न चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई उक्त नाम दिइएको छ ।

पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसले विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको दूतावासले उल्लेख गरेको छ ।

राजदूतावासले भनेको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?