+
+

बजार घट्दा टप १० ब्रोकरको खरिद धेरै कि बिक्री ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १८:५४

२२ साउन, काठमाडौं । मंगलबार हालसम्मकै उच्च रकम २३ अर्ब ७१ करोड रुपैयाँको धितोत्रप खरिदबिक्री भयो ।

यति धेरै रकमको कारोबार हुँदा सेयर बजार भने १४५ अंक घट्यो । यति ठूलो कारोबार हुँदा टप १० ब्रोकर कम्पनीहरूको खरिदबिक्री हिस्सा ३६ प्रतिशत छ ।  रकमका आधारमा टप १० ब्रोकर कम्पनीको बिक्री धेरै देखिन्छ ।

यी ब्रोकर कम्पनीहरुले मंगलबार ८ अर्ब ५० करोडको धितोपत्र खरिद गर्दा ८ अर्ब ७६ करोडको बिक्री गरेका छन् । ४ ब्रोकर कम्पनीको खरिद धेरै र ६ को बिक्री धेरै देखिएको छ ।

नासा, इम्पेरियल, अनलाइन र दिपशिखामार्फत खरिद धेरै देखिएको छ भने भिजन, सनी, आर्यतारा, डायनामिक, एबीसी र लिन्चमार्फत बिक्री धेरै देखिएको छ ।

उच्च काराेबार गरेको नासामार्फत १ अर्ब ४३ करोडको खरिद हुँदा १ अर्ब ३६ करोडको बिक्री भएको छ भने इम्पेरियलमार्फत १ अर्ब १६ करोडको खरिद हुँदा ९३ करोडको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?