+

महिला भलिबलमा इरानलाई हराउँदाको खुशी (तस्वीरहरु)

२०८१ साउन  २२ गते १९:४४ २०८१ साउन २२ गते १९:४४
महिला भलिबलमा इरानलाई हराउँदाको खुशी (तस्वीरहरु)

२२ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स कपको सेमिफाइनलमा मंगलबार इरानलाई सोझो सेटमा हराउँदै फाइनल पुग्यो ।

घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपालले जित्नैपर्ने खेलमा इरानलाई ३-० को सेटमा पाखा लगायो ।

नेपालले खेल जित्दा खेलाडीसँगै नेपाली भलिबल समर्थकहरु पनि उत्साहित भएका छन् । यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएकाले पनि नेपाललाई मंगलबारको खेलमा दबाब थियो ।

फाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ । भारतलाई लिग चरणमा हराइसकेकाले नेपालले फाइनलमा पनि हराउने आशा राखेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

इरान काभा वुमन्स भलिबल नेपाल
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय