+
+

इटहरीले ल्यायो विद्युतीय नगर बस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते ९:१३

२३ साउन, विराटनगर । इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बस ल्याएको छ । उपमहानगरले नगरबस सञ्चालन गर्न चार वटा बस ल्याएको हो ।

इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउने उद्देश्यले नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । उनका अनुसार १ असोजबाट नगरबस सञ्चालनमा आउनेछ ।  चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई समेट्ने गरी  रुट तय गरिने उनले बताए ।

बसमा सीसी क्यामेरालगायत सुविधा थप गर्ने तयारी भएको नगर प्रमुख पौडेलले बताए । गत ८ फागुनमा उपमहानगरले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता गरेको थियो ।

इटहरीले नगरबस सञ्चालनको मिति तोके पनि विराटनगरमा टुंगो छैन । विराटनगर महानगरपालिकाले २०७९ फागुनमा रुट परीक्षण गरी केही समय भित्र नगरबस सञ्चालन गर्ने घोषणा गरेको थियो । तर कार्यविधि नबन्दा नगरबस सञ्चालन अनिश्चित बनेको छ ।

महानगरपालिकाले   १९ वटै वडासम्म पहुँच पुग्ने गरी नगरबस सञ्चालन गर्ने तयारी गरेको प्रमुख नागेश कोइरालाले बताएका थिए । फागुन २०७९ मा परीक्षण गर्दा सफल भएको महानगरको दाबी थियो । तर डेढ वर्ष हुँदा पनि सञ्चालन गर्ने टुंगो छैन ।

विराटनगर महानगर पालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष सन्तोष निरौला अझै नगरबस सञ्चालन टुंगो नभएको बताउँछन् । नगर बस सञ्चालनको योजना बनेपनि तयारी नपुगेका कारण सञ्चालन गर्ने मिति भने  नभएको  उनले बताए ।

रुट परीक्षण सफल भएपनि सहकार्य गरिने संस्थाले ढिलाइ गरिरहेको प्रवक्ता निरौलाको भनाइ छ । ‘नगरबस सञ्चालन गर्ने भनिएको छ, पटक पटक बैठक पनि भएको छ,’ उनले भने,’ ठ्याक्कै यही मितिबाट सुरु हुन्छ भन्ने तय भएको छैन, तयारी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?