+
+

शिक्षक किताबखानाको वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १२:१३

२३ साउन, काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ ।

केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले  भने ।

कहिलेदेखि भएको हो भन्ने स्पष्ट नभएको प्रमुख सपौडेलले बताए ।

राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ ।

देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?