
२३ साउन, काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटनास्थलमा आगलागी भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4