+
+

होन्डाले नेपालमा गुडिरहेका ७०० कारको एयरब्याग निःशुल्क फेरिदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १६:५०

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्याग परिवर्तन गर्ने योजना बनाएको छ ।

ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो योजना बनाइएको कम्पनीले जनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सीटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन गर्न आवश्यक रहेको भन्दै सम्पर्क गर्न ग्राहकसँग आग्रह समेत गरेको छ ।

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?