+
+

‘मिस्टर नेपाल २०२४’ का ३८ जना फाइनलिस्ट छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १७:१६
गत वर्षका विजेताहरु (फाइल तस्वीर)

काठमाडौं । ‘मिस्टर नेपाल २०२४’ का ३८ जना फाइनलिस्ट तय भएका छन् । देशभर आयोजित अडिसनबाट छनोट भएका उनीहरु अहिले प्रशिक्षणमा जुटेका छन् ।

छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाईं, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम् पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी (नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजन, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज) छन् ।

यस्तै, दीपेश चौधरी (धनगढी), पिन्टु सान्याल (विराटनगर), अशोक विक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे (विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्तकुमार दास (राजविराज), प्रकाश चौहान (पथरी, मोरङ) सिजल कपाली (ललितपुर) छन् ।

सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान (विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपिन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आविष्कार खड्का ( बुटवल), शुभम् बर्नवाल र अनिकेत प्रजापति (नेपालगञ्ज) छन् ।

प्रशिक्षणमा स्विमिङ, फुटबल, चट्टान आरोहण, समाजसेवा, छोटो पदयात्रा, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका पक्ष सिकाइने आयोजक नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?