+
+

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत खरिद र बिक्री कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १८:५३

२३ साउन, काठमाडौं । बुधबार सेयर बजारमा परिसूचक १०८ अंक बढ्दा १७ अर्ब ९५ करोडको कारोबार भएको छ ।

सो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको कारोबार अंश ३४ प्रतिशत छ । टप १० ब्रोकर कम्पनीमार्फत ६ अर्ब ५० करोडको सेयर खरिद हुँदा ६ अर्ब ४४ करोडको बिक्री भएको छ ।

यस दिन ५ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ ब्रोकर कम्पनीमार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, सनी, एबीसी र डायनामिकमार्फत खरिद धेरै भएको छ । त्यस्तै अनलाइन, भिजन, आर्यतारा, भृकुटी र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

सबैभन्दा धेरै रकमको कारोबार गरेको नासामार्फत १ अर्ब ४१ करोडको खरिद हुँदा ८० करोडको बिक्री भएको छ । त्यस्तै इम्पेरियलमार्फत ८५ करोडको खरिद हुँदा ७२ करोड ५६ लाखको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?