+
+

धनुषामा ११ किलो चाँदीसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १९:४४

२३ साउन, जनकपुरधाम । भारतबाट ल्याउँदै गरेको ११ किलो अवैध चाँदीसहित धनुषामा एक व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत बिहार मधुवनी जिल्ला हरियानाका ४० वर्षीय सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेका उनलाई ११ किलो १२.५ ग्राम चाँदीसहित धनुषाको विदेह नगरपालिका ९ ईटहवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरीले जानकारी दिए ।

एसपी गिरीका अनुसार बरामद चाँदी १६ लाख २३ हजार ९२८ मूल्य बराबरको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?