+
+

टीआरसीको सहमतिमा विदेशी कूटनीतिज्ञहरुको चासो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २१:११

२३ साउन, काठमाडौं । नेपालस्थित कूटनीतिज्ञहरुले संक्रमणकालीन न्यायसबन्धी (टीआरसी) विधेयकबारे चासो राखेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा तीन दलीय कार्यदलले सहमति जुटाएको छ ।

त्यसलगत्तै संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन (ईयू) लगायतका देशका कूटनीतिज्ञहरुले दलहरुले गरेको सहमति पीडितमैत्री भएको वा नभएको भन्ने चासो देखाएका हुन् ।

गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल र माओवादी नेता खिमलाल देवकोटाले मंगलबार संयुक्त रुपमा कूटनीतिज्ञहरुसँग छलफल गरेका छन् ।

बबरमहलस्थित एक होटलमा भएको छलफलमा उनीहरुले अब संसदबाट बन्ने विधेयक पीडितमैत्री हुन्छ हुन्न भनेर चासो राखेका थिए ।

गृहमन्त्री लेखकले तीनदलीय कार्यदलमा भएको सहमतिबारे ब्रिफिङ गरे भने दुई नेताले पीडितमैत्री कानुन बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका थिए ।

मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको सहमति अनिवार्य गरिएको उनले बताए । मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मेलमिलाप नहुने, जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटना घटी सजाय दाबी गर्न नमिल्ने, परिपुरणमा चित्त नबुझे पीडित अदालत जान सक्ने व्यवस्था गर्न लागिएको नेताहरुले बताएका छन् ।

साथै उनीहरुले परिपुरणका लागि ठूलो धनराशी चाहिने भएकाले सहयोग गर्न आग्रह गरेका छन् ।

‘१ अर्ब रुपैयाँ सरकारले बजेटमा नै विनियोजन गरेको छ । तर परिपरण प्याकेजलाई आकर्षक बनाउन थप रकम चाहिन्छ’ एक नेता भन्छन्, ‘यसमा तपाईंहरुले पनि सहयोग गर्नुपर्छ भनेर हामीले भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?