+
+

साउथ स्टार नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १३:५८

काठमाडौं । दक्षिण भारतीय स्टार नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले बिहीबार इन्गेजमेन्ट गरेका छन् । अभिनेत्री सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि चैतन्य शोभितासँग सम्बन्धमा रहेको चर्चा चलिरहेको बेला यी दुईबीच इन्गेजमेन्टको खबर बाहिरिएको हो ।

नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार इन्गेजमेन्ट गरेको फोटो र जानकारी सुपरस्टार तथा नागा चैतन्यका पिता नागार्जुनाले फेसबुकमार्फत दिएका छन् ।

नागा चैतन्य र शोभिता धुलिपालाले केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूबीच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?