+
+

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १६:५३

२४ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहेको बताए । उनले भने, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षलाई गतिशील बनाएको छ ।’

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।

भेटमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तान एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको आएको बताए । उनले भने, ‘वर्षौंदेखि हामी एकअर्कालाई सम्मान गर्दै अगाडि बढिरहेका छौं । आगामी दिनमा दुई देशको सम्बन्ध थप बलियो र मजबुत हुने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?