+
+

दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १७:२७

२४ साउन, काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परी १६८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् । यो अवधिमा ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढीको कारण बिहीबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६९ वटा घर, १०२ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।

४ हजार २९२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परी ७६४ पशु चौपायको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?