+
+

राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १७:४७

२४ साउन, काठमाडौं । सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । प्रचण्ड सरकारले यो निर्देशिका ल्याएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी थियो । तर सचिवबाट अवकाश पाउन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने गरी बैरागीले ३२ जेठ २०८० मा मुख्य सचिवबाट राजीनामा दिए ।

त्यही दिन मन्त्रिपरिषद्ले अर्याललाई मुख्य सचिव र मुख्यसचिवबाट राजीनामा दिएका बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि भने बैरागी अप्ठ्यारोमा परे । सत्तारुढ दलका नेताहरुका अनुसार ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै नराख्ने बताए । त्यसपछि बैरागीलाई भारतका लागि राजदूत बनाउने आश्वासन सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएका थिए ।

त्यसअनुसार बैरागीले ९ साउनमा सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा पनि दिए ।

तर प्रधानमन्त्री ओली बैरागीलाई भारतका लागि राजदूत बनाउन तयार भएनन् । बरु प्रचण्ड सरकारले फिर्ता बोलाएका डा. शंकर शर्मालाई निरन्तरता दिन सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?