+

चर्च ब्वाइज र पारो एफसीबीचको खेल दशरथ रंगशालामा हुने

२०८१ साउन  २४ गते १८:३० २०८१ साउन २४ गते १८:३०
चर्च ब्वाइज र पारो एफसीबीचको खेल दशरथ रंगशालामा हुने

२४ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीचको खेल दशरथ रंगशालामा नै हुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले २९ साउनमा उक्त खेल काठमाडौंको दशरथ रंगशालामा नै गर्न अनुमति दिएको छ ।

एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरीक्षण गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल र बराइनबीचको खेल बराइनमा भएको थियो । जेठ २४ गते यूएईसँगको खेल साउदी अरेबियामा भएको थियो ।

दशरथ रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय