+
+

आम आदमीका नेता मनिष सिसोदिया धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १२:४३

२५ साउन, काठमाडौं । आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार यस्तो फैसला गरेको हो । सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो ।

बीबीसीका अनुसार उनलाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।

आम आदमी पार्टीकी राज्य सभा सांसद स्वाती मालीवालले भनेकी छन्, ‘मनिष जीको निर्णयमा धेरै खुसी छु । शिक्षा क्रान्तिका जनक मनिष सिसोदिया झूट र षड्यन्त्रको जाल तोडेर डेढ वर्षपछि जेलबाट बाहिर आएका छन् ।’

सर्वोच्च अदालतको फैसलाप्रति भाजपाले पनि प्रतिक्रिया दिएको छ ।

बीजेपीका राष्ट्रिय महासचिव दुष्यन्तकुमार गौतमले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘जमानत पाउनुको अर्थ सफाइ होइन । आज पनि उनी ओरापी नै हुन् ।

उनले भने, ‘यसको लागि उनलाई सजाय हुनेछ । उत्साहित भएर देश, दिल्ली र अदालतलाई भ्रममा पार्नु आवश्यक छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?