+
+

पूर्व पर्यटनमन्त्रीहरूको सुझाव : प्राधिकरण छुट्याऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:०६

२५ साउन, काठमाडौं । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन सुझाव दिएका छन् ।

शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि पर्यटनमन्त्री बद्री पाण्डेले छलफल गरेका हुन् ।

नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै अलग-अलग बनाउन उनीहरूले सुझाव दिएका हुन् ।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग-अलग सुझाव मागेका थिए । सोही क्रममा पूर्वमन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताए ।

उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिए । दुर्घटनापछि ज्यान गुमाइसकेका पाइलटमाथि मात्र दोष लगाउन नहुने उनीहरूको भनाइ छ ।

पूर्व पर्यटनमन्त्रीहरूले प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरुस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिए । उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिए ।

नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा बेथिति रहेकाले सचेत भएर नडगमगाइ काम गर्न समेत उनीहरूले सुझाव दिए ।

पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनुभन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिए ।

छलफलमा पूर्व पर्यटनमन्त्रीहरू प्रेम आले, जीवनबहादुर शाही, हितबहादुर तामाङ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?