+

युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्ड

२०८१ साउन  २७ गते ७:५६ २०८१ साउन २७ गते ७:५६
युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्ड

२७ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई पेनालटीसुटबउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

मानुएल अकान्जीले निर्णायक पेनाल्टीमा गोल गरेपछि सिटीले युनाइटेडलाई ७-६ ले पराजित गरेको छ ।

लण्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अलेजान्द्रो गार्नाचोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन एक मिनेट अगाडि बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल गरे ।

तर सिटीका लागि पहिलो पेनाल्टी प्रहार गरेका बर्नार्डोले गोल गर्न सकेनन् । सुरुवाती ५-५ पेनाल्टीमा दुवैले समान ४ गोल गरेका थिए ।

युनाइडेका लागि ब्रुनो फर्नान्डेज, डिएगो डालोट, अलेजान्द्रो गार्नाचो र कासेमिरोले पेनाल्टीमा गोल गरे । यस्तै सिटीका लागि केभिन डे ब्रुएना, एर्लिङ हालान्ड, साभियो र गोलकिपर एडरले पेनाल्टीमा गोल गरे ।

युनाएटेडका जाडो सान्चो पनि गोल गर्न चुके । ४-४ को बराबरी भएपछि थप पेनाल्टी प्रहार गरिएको थियो ।

त्यसपछि सिटीका लागि माथेउज नुनेज, रुबेन डियाज र मानुएल अकान्जीले गोल गरे । युनाइटेडका लागि भने स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले गोल गर्दा जोनी इभान्सले गोल गर्न सकेनन् ।

कम्युनिटी शिल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय