+
+

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ८:५२

२७ साउन, काठमाडौं । शिवम् सिमेन्टको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७.९ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवको चौथो त्रैमासिक अवधिसम्म खुद २५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो नाफा ५९ करोड ४७ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री र अन्य आम्दानी घटेको छ तर बिक्री लागत बढेको छ । जसले गर्दा नाफामा उच्च गिरावट देखिन्छ । कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७० करोड देखिन्छ भने बिक्री लागत अघिल्लो अर्थिक वर्ष ६ अर्ब ४६ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६७ करोड रहेको छ । अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रहेकोमा गत आवमा १९ करोड ८५ लाखमा झरेको छ ।

कम्पनीको प्रशासनिक खर्च, बिक्री वितरण खर्च पनि बढेको छ । बैंकको ब्याज घट्दा वित्तीय खर्च घटेको छ । वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाखमा झरेको छ ।

नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ९८ पैसामा झरेको छ । १८९ रुपैयाँ २ प्रति सेयर नेटवर्थ छ । अन्तर्राष्ट्रिय बजारमा कोइला, डिजेल लगायत सामानको मूल्यवृद्धि स्वदेशमा आर्थिक मन्दीको असर कायम रहनु र विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा बिजनेसमा असर पारेको विवरणमा उल्लेख गरेको छ ।

दोस्रो बजारमा भने यस कम्पनीको मूल्य बढ्दो क्रममा देखिन्छ । बिहीबर मात्रै १० प्रतिशत मूल्य बढेको यस कम्पनीको मूल्य प्रतिकित्ता ७०१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?