+
+

सिद्धान्तराज पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १५:२२

दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा काम गरेका सिद्धान्तराज पाण्डे हाल प्राइभेट इक्विटी कम्पनी बिजनेस अक्सिजन प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । मेरिल लिन्च तथा रिग्स बैंकजस्ता अन्तर्राष्ट्रिय बैंकमा समेत काम गरिसकेका पाण्डे नेपालको तत्कालीन एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए ।

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), विश्वबैंक, बेलायतको फरेन, कमनवेल्थ एन्ड डिभलपमेन्ट अफिस (एफसीडीओ), क्लाइमेन्ट इन्भेष्टमेन्ट फन्ड (पीपीसीआर) र डब्लुएसी भेन्चर्सले प्रवर्द्धन गरेको बिजनेस अक्सिजन नेपालको पहिलो एसएमई भेन्चर र क्लाइमेट इम्प्याक्ट फन्ड हो ।

नेपाल प्राइभेट इक्विटी एसोसियसन (एनपीईए)का अध्यक्ष पाण्डे स्टान्डर्ड चार्टर्ड बैंक नेपालका सञ्चालक समिति सदस्यसमेत हुन् । उनी नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गतको कृषिउद्यम इन्क्युबेसन सेन्टर (नाबिक) का अध्यक्ष पनि हुन् ।

कर्जा सूचना केन्द्रका अध्यक्ष रहिसकेका उनले उद्योग मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन् ।

उनले बेलायतको युनिभर्सिटी अफ ब्रिस्टोलबाट स्नातकोत्तर र अमेरिकाको भर्जिनिया टेकबाट स्नातक हासिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?